शुक्रवार, आश्विन २३ गते २०८३

साढे २ बजेबाट मतदान सुरू गर्ने तयारी

बिहिवार , आश्विन २२, २०८३

काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आज साढे २ बजेबाट मतदान सुरू हुने भएको छ।

बिहान १० बजे हुने भनिएको मतदान साढे २ बजेलाई सारिएको हो। ज्येष्ठ मतदाताबाट मतदान सुरू गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले सभापति, उपसभापति र महामन्त्री पदका सबै उम्मेदवारसँगको छलफलपछि मतदानको नयाँ समय तय भएको जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार