शुक्रवार, आश्विन २३ गते २०८३

तोलामा ५ सय रुपैयाँ बढ्यो सुनको भाउ

बिहिवार , आश्विन २२, २०८३

काठमाडौँ । आज पनि सुनको भाउ बढेको छ। चाँदीको मूल्यमा भने आज गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेर २ लाख ९२ हजार ८ सय पुगेको हो। बुधबार तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउ २ लाख ९२ हजार ३ सय कायम भएको थियो। 

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। तोलामा ३५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ३ सय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार