बुधवार, आश्विन १४ गते २०८३

तोलामा दुई हजार आठ सय रूपैयाँ बढयो सुनको भाउ

बुधवार , आश्विन १४, २०८३

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ बढेकोे छ। 

मंगलबार प्रतितोला तीन हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा दुई हजार आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।मंगलबार प्रतितोला चार हजार तीन सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार