सोमवार, आश्विन ५ गते २०८३

कारोबारसँगै बढ्यो सेयर बजार

शुक्रवार , आश्विन २, २०८३

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार २२.८५ अंक बढेको छ । यो वृद्धिपछि बजार परिसूचक नेप्से २६४७ अंकमा कायम भएको छ ।

कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ५ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७४ करोडको भयो । आज बैंकिङ समूहमा आकर्षण देखिएको छ ।

यो समूह सूचक सबैभन्दा धेरै १.५९ प्रतिशत बढ्यो । त्यस्तै जीवन बीमा १.५२ प्रतिशत बढ्यो । विकास बैंक ०.४०, होटल तथा पर्यटन ०.३३, जलविद्युत् ०.८५, लगानी ०.१०, उत्पादन तथा प्रशोधन ०.५५, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा ०.४८ र व्यापार ०.८५ प्रतिशत बढे । अन्य ०.११ र फाइनान्स ०.०२ प्रतिशत घटे ।

आज १९६ कम्पनीको मूल्य बढ्दा ७४ को घटेको छ । ९ कम्पनीको स्थिर रह्यो । स्नो रिभर्सको मूल्य १३.६६, इनिफिनिटी लघुवित्तको ९.८१, मैलुङखोला जलविद्युतको ८.८४, याम्बलिङ हाइड्रोपावरको ६.२०, बोटलर्स नेपाल तराईको ५.०६ प्रतिशत मूल्य बढ्यो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार