सोमवार, आश्विन ५ गते २०८३

भारतीय राजदूत नवीन श्रीवास्तको परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट

बुधवार , भाद्र ३१, २०८३

काठमाडौं । नेपालका भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन्। 

बुधबार परराष्ट्र मन्त्रालय पुगेर राजदूत श्रीवास्तवले बिदाइ भेट गरेका हुन्। भेटका क्रममा परराष्ट्र सचिव राईले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन राजदूत श्रीवास्तवले पुर्‍याएको योगदानको प्रशंसा गरे। 


यससँगै ऊर्जा, सीमापार पूर्वाधार र जनस्तरको सम्बन्धका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न राजदूत श्रीवास्तवले खेलेको सक्रिय भूमिको पनि परराष्ट्र सचिव राईले सराहना गरे। 

त्यस्तै, भारतीय राजदूत श्रीवास्तवले नेपालमा आफ्नो कार्यकालका क्रममा प्राप्त भएको सहयोग र समन्व्यका लागि नेपाल सरकार नेपाली जनताप्रति कृतज्ञता प्रकट गरेका छन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार