काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङ राईसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०८०।८१ मा ढाका सिलाइ बुनाइ तालिम सञ्चालन भइ समापन पश्चात् तालिमको प्रशिक्षकको रुपमा काम दिलाए तथा तालिम सहीकरणसमेत गरे गराए बापत घुस माग गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।
सो कार्यमा निजका छोरा सुनिल नाछिरिङ राईसमेतको मिलेमतोमा घुस लिए लिन लगाएको, कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
सो एन बमोजिम बिगो रकम ४५ हजार रुपियाँ कायम गरी जरिवाना सजाय हुन मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।