सोमवार, आश्विन ५ गते २०८३

बढ्यो सुनचाँदीको भाउ

बुधवार , भाद्र ३१, २०८३

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ। 

मंगलबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा एक हजार सात सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख एक सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।मंगलबार प्रतितोला चार हजार ६ सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार