काठमाडौँ । सरकारले २५ बुँदे बजार सुधारका कार्यक्रम घोषणा गरेसँगै लगानीकर्ताहरू उत्साहित देखिएका हुन्।
सरकारले व्यक्तिगत लगानीकर्ताको सेयर कारोबारमा लाग्ने कर घटाएको छ। एक वर्षभन्दा धेरै समयको लगानीमा ३.५ प्रतिशत र एक वर्षभन्दा कम समयको लगानीमा ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने भएको हो।
त्यस्तै, लगानीकर्ताहरूले वार्षिक नाफाघाटाको आधारमा घाटा समायोजन गरेर मात्रै कर तिर्नुपर्ने व्यवस्था गरिन लागेको छ।
नयाँ आधारभूत सूचक तयार गर्ने, उच्च मूल्यका सेयरहरूलाई टुक्र्याउने (स्पलिट गर्ने), संस्थाहरूले आफैंले आफ्नो सेयर किन्न सक्ने (सेयर बाइब्याक) गर्न सक्ने लगायतका विभिन्न सुधारका योजनाहरू अगाडि सारेको छ।सोही कारण मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।
नेप्से ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा बन्द भएको छ।कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
सोमबार ४ अर्ब ६८ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ८ अर्ब २९ करोड रूपैयाँको कारोबार भएको छ।यसदिन ३४७ वटा धितोपत्रको दुई करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार २६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नप्से बढेको हो।