सोमवार, आश्विन ५ गते २०८३

घट्यो सुन चाँदीको मूल्य

सोमवार , भाद्र २९, २०८३

नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ ।

सोमबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँ थियो । चाँदीको मूल्य १० ग्रामको ३ हजार ९६१ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार