धादिङ। कृष्णभीर पहिरोबाट सडक सञ्चालनमा ल्याउने कार्य अन्तर्गत परीक्षणको रूपमा काठमाडौँ-चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन पास गराइएको छ।
त्यसैगरी, चितवन-काठमाडौ तर्फबाट एउटा भारी सवारी साधनसमेत सफलतापूर्वक पास गराइएको छ।
सडकलाई पूर्ण सञ्चालनमा ल्याउने कार्य तीव्र गतिमा जारी छ।