सोमवार, आश्विन ५ गते २०८३

काभ्रेमा मोटरसाइकल ठक्करले पैदलयात्रीको मृत्यु

आइतवार , भाद्र २८, २०८३

काभ्रे।  अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा६५प ४८१३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सडक पार गर्दै गरेका बनेपा-७ का ७२ वर्षीय ज्ञानलाल मानन्धरको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट सख्त घाइते भएका मानन्धरको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार