सोमवार, आश्विन ५ गते २०८३

कृष्णभीर सडक निर्माण भदौ महिनाभित्रै सक्ने तयारी

शनिवार , भाद्र २७, २०८३

काठमाडौं । झण्डै दुई सातादेखि निर्माण भइरहेको त्रिशूली पृथ्वी राजमार्ग अन्तर्गत पर्ने कृष्णभीर सडकखण्ड यहि महिनाभित्र सञ्चालनमा आउने भएको छ । 
सडक विभागका अनुसार सडक निर्माणको काम तिब्ररुपमा अघि बढेको छ ।

यो सडक भोटेकोशीमा आएको बाढीका कारण सडक भासिएको थियो । सडक करिब सय मिटर भासिएको छ । 
सडक भासिएपछि त्यहाँबाट सवारी आवातजावात पूर्ण रुपमा रोकिएका छन् । अहिले भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको छ भने नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ । 


जसका लागि आवश्यकताअनुसार उपकरण परिचालन गरिएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार