सोमवार, आश्विन ५ गते २०८३

शिक्षक सेवा आयोग अध्यक्षमा पूर्वसचिव लम्साल नियुक्त

बिहिवार , भाद्र २५, २०८३

काठमाडौं । शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव डा. हरिप्रसाद लम्साल नियुक्त भएका छन् ।  
मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले लम्साललाई अध्यक्षमा नियुक्त गरेको हो । लम्साल लामो समय शिक्षा सेवामा थिए ।

पछिल्लो समय सचिवमा बढुवा भएपछि भने उहाँ ५८ वर्षे उमेर हदका कारण केहि महिनाअघि निवृत्त भएका थिए । आयोगको अध्यक्षको लागि लम्सालसहित ६ जना प्रतिस्पर्धामा थिए ।  


आयोगले सामुदायिक विद्यालयका शिक्षकहरुको स्थायी नियुक्ति तथा बढुवाको लागि सिफारिश गर्ने, शिक्षकका लागि आवश्यक पर्ने अध्यापन अनुमतिपत्र प्रदान गर्न र शिक्षकको सेवा शर्त र सुविधा सम्बन्धी विषयमा सरकारलाई सुझाव दिने काम गर्छ । 


उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०५५ ले दिएको सुझावअनुरुप शिक्षा ऐन, २०२८ मा भएको छैंठौं संशोधनले २०५६ सालमा राष्ट्रिय शिक्षक सेवा आयोगको गठन गरेको थियो ।

त्यसपछि २०५८ साल माघ २५ गते शिक्षा ऐन, २०२८ मा भएको सातौं संशोधनद्वारा शिक्षक सेवा आयोग गठन भएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार