काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख माननीय रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका छन।
उपसभामुख रुबी कुमारीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई निर्देशन दिएका हुन।
बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उपसभामुखले उक्त सहयोग गर्ने निर्णय गरेका हुन।