सोमवार, आश्विन ५ गते २०८३

देवीघाट्मा एक्रो बृज निर्माण सम्पन्न, पैदल आवात जावात खुला

बुधवार , भाद्र २४, २०८३

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन अगाडि सुरु गरेको एक्रो ब्रिज जडानको कार्य केही बेर अघि सम्पन्न भएको छ।

सेनाको टोलीले निरन्तर खटिएर पुल जडान पूरा गरेको हो। 

नयाँ पुल जडान भएसँगै पैदलयात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने पर्सिदेखि सवारी साधनहरू समेत सञ्चालनमा आउने छन्। 

​यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। 

सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार