सोमवार, आश्विन ५ गते २०८३

चिलिमेमा खोज तथा उद्धारको काम जारी,पहुँच मार्ग निर्माण तिब्र

बुधवार , भाद्र २४, २०८३

काठमाडौं ।गत भदौ १० गते आएको बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज, उद्धार तथा पहुँच मार्ग पुनर्निर्माण कार्य तीव्र रूपमा अघि बढाएको छ। 

​आयोजनाको 'सर्भिस टनेल'सम्म पुग्ने पहुँच सडक खुलाउने कार्यमा उल्लेखनीय प्रगति हुनुका साथै वारिपारि आवतजावतका लागि डोरी (रोप) समेत टाँगिएको छ। 

​नेपाली सेनाको टोलीले भदौ १० गते बाढी आएकै दिन घटनास्थल पुगेर रेकी (प्रारम्भिक अनुगमन) गरेको थियो। 

त्यसपछि  सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै भित्र प्रवेश गर्दा सेनाले २ जनाको शव फेला पारेको थियो। 

​भदौ १४ गतेदेखि नेपाली र भारतीय सेनाको विशेषज्ञ टोलीले संयुक्त रूपमा खोजी कार्य सुरु गरेको छ। यो टोली सुरुङको १०५ मिटरभित्रसम्म प्रवेश गरिसकेको छ। 

​उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन बबक्याट एस्काभेटरका साथै आयोजना स्थलमा उपलब्ध अर्को एस्काभेटर प्रयोग गरी दलदल पन्छाउने र उत्खनन गर्ने काम निरन्तर जारी राखिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार