काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते भएको घटनाको गम्भीर अनुसन्धान हुनुपर्ने बताएका छन् ।
बुधबार एक भिडियो सन्देश जारी गर्दै प्रचण्डले भदौ २४ गतेलाई नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र भयानक विध्वंसको दिनका रूपमा उल्लेख गरे ।
आजको दिनलाई सम्झिदा मैले नेपालको राष्ट्रिय स्वाधीन जनतामाथि यो स्तरको हमला, नेपाली जनताको लोकतान्त्रिक आन्दोलन र आकांक्षामाथि यो स्तरको प्रहार र केही घण्टा भित्रै भएको यो विध्वंस साच्चै नै रहस्यमय पनि छ,’ प्रचण्डले भनेका छन्, ‘र यसले के माग गर्छ भने गहिरो अध्ययन अनुसन्धान गरेर यो विध्वंश मचाउने तत्व को हुन् रु वास्तविक दोषी को छन् रु यसको सत्य तथ्य अनुसन्धान गर्ने कुरा र दोषीलाई कारबाही गर्ने कुरा असाध्यै महत्वपूर्ण ठान्दछु म ।’