सोमवार, आश्विन ५ गते २०८३

सभामुख अर्यालद्वारा बाढी प्रभावित धादिङ्का संरचनाको अवलोकन

सोमवार , भाद्र २२, २०८३

काठमाडौं । सभामुख  डीपी अर्यालले धादिङको गजुरी गाउँपालिका–स्थित गलौंदी र जरेमा रहेका होल्डिङ सेन्टरमा आश्रय लिइरहेका रसुवा बाढी प्रभावितहरूसँग भेटघाट गरेका छन।

अर्यालले सोमबार नै बाढीका कारण प्रभावित तथा अवरुद्ध बनेको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीर क्षेत्रको स्थलगत अवलोकन गरेका छन।

सभामुख अर्यालले क्षति पुगेका गल्छी गाउँपालिकास्थित बागेश्वरी माध्यमिक विद्यालय र बैरेनी अस्पताल तथा चरौदिस्थित कृषि सहकारी संस्था र बुद्धि विकास माध्यमिक विद्यालयको समेत स्थलगत निरीक्षण गरेका छन।

सो क्रममा प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित गाउँपालिकाका पदाधिकारीहरूसँग भेट गरी बाढी तथा पहिरोबाट भएको क्षति, हालसम्म सञ्चालन गरिएका खोज तथा उद्धार कार्य, प्रभावितहरूको अवस्था तथा तत्काल आवश्यक राहत र पुनर्स्थापनाका विषयमा छलफल गरेका छन।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार