काठमाडौं ।नेपाल प्रहरीले भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै काठमाडौँको सुन्धारास्थित धरहरामा दीप प्रज्वलन गरेको छ।
इन्टरपोल स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायत नेपाल प्रहरीका उच्च अधिकृत तथा जवानहरूले दीप प्रज्वलन गरी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो।
प्राकृतिक विपत्तिमा ज्यान गुमाएका व्यक्तिहरूको स्मरण तथा उहाँहरू प्रति सम्मान प्रकट गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागी प्रहरीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए।