सोमवार, आश्विन ५ गते २०८३

सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

सोमवार , भाद्र २२, २०८३

काठमाडौ । नेपाली बजारमा आज (सोमबार) पनि सुन-चाँदीको भाउ घटेको छ। 

आइतबार प्रतितोला तीन हजार एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा दुई हजार चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख चार हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ।आइतबार प्रतितोला चार हजार सात सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार