सोमवार, आश्विन ५ गते २०८३

एक हजार ८०६ हेक्टर खेतीयोग्य जमिन बगर

आइतवार , भाद्र २१, २०८३

काठमाडौं ।भोटेकोशी बाढीका कारण कृषिक्षेत्रमा गम्भिर असर परेको छ।

प्रारम्भिक ‘रिमोट सेन्सिङ’ विधि अनुसार गरिएको विश्लेषणमा करिब एक हजार ८०६ हेक्टर खेतीयोग्य जमिन बगर बनेको छ ।

त्यसमध्ये धान खेती हुने एक हजार ६६९ हेक्टर र तरकारी खेती हुने १३७ हेक्टर रहेको छ ।

यसको असरले कृषि उत्पादनमा करिब सात हजार ६८६ मेट्रिक टन क्षति भएको प्रारम्भिक अनुमान छ ।

त्यस्तै चार हजार ७५० भन्दा बढी पशु, ५४ हजार कुखुरा मरेका छन् भने करिब एक सय माछापोखरीमा क्षति पुगेको छ ।

बाढीका कारण ४२ किलोमिटर वेत्रावती–रसुवागढी सडकखण्डमा क्षति पुगेको छ ।

साथै बाढीपछि करिब २२ लाख मेट्रिक टन गेग्य्रान थुप्रिएको प्रारम्भिक अनुमान छ ।

खानेपानीका ५० वटा प्रणाली आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने करिब १० हजार परिवारलाई सरसफाइ तथा स्वच्छतासम्बन्धी सहयोग आवश्यक पर्ने अनुमान छ ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार