काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले भोटेकोशी बाढीपछि राहत तथा पुनरुत्थानका लागि एक करोड अमेरिकी डलर सहयोग प्रदान गरेको छ ।
करिब डेढ अर्ब रुपैयाँ बराबरको उक्त सहयोगका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन ह्वाङलाई धन्यवाद दिएका छन् ।
अर्थमन्त्री वाग्लेका अनुसार यो सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।