सोमवार, आश्विन ५ गते २०८३

चारवटा प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

बुधवार , भाद्र १७, २०८३

काठमाडौं ।देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान छ । 

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।  दिउँसो पहाडी भूभागमा बादल लाग्ने र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । 

बिहान कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।  “काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । बिहान मौसम केही सफा नै रहनेछ,” मौसमविद् लामिछानेले भने, “अपराह्नपछि काठमाडौंमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।” 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार