सोमवार, आश्विन ५ गते २०८३

सभामुख डीपी अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा जम्मा गर्ने घोषणा

मंगलवार , भाद्र १६, २०८३

काठमाडौं। सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालले हालै आएको भीषण बाढी तथा विपद्बाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गर्नुभएको छ।

त्यसैगरी, संघीय संसद् सचिवालय तथा सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट नेपाल सरकारको निर्णयबमोजिम रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउनु सबैको साझा दायित्व भएकाले सम्माननीय सभामुख अर्यालले आफ्नो पारिश्रमिक सहयोग गर्ने निर्णय गर्नुभएको हो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार