काठमाडौं ।सरकारले भारतसँग जिटुजी(सरकार–सरकार) माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री लिमिटेडलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो परिमाणको मल खरिद गर्न लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।
बजारमा रासायनिक मलको आपूर्ति व्यवस्था सहज बनाउन आवश्यक डिएपी मलको आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।