सोमवार, आश्विन ५ गते २०८३

बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु

बिहिवार , भाद्र ११, २०८३

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ । 

नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, ६ बालिका, सात बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन ।

प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ ।  नुवाकोटमा ६ महिला र सात पुरुष, धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा ६ जना पहिचान नखुलेको शव भेटिएको छ । 

गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान नखुलेका आठजनाको शव भेटिएको छ । प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ ।

तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एकजनाको शव भेटिएको छ । 

नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक र पहिचान नखुलेका चारजनाको शव भेटिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार