सोमवार, आश्विन ५ गते २०८३

१० वटा ट्राभल एजेन्सीका ३८४ जना तीर्थ यात्री सम्पर्क बाहिर

बुधवार , भाद्र १०, २०८३

57fb80b0-031a-429d-999e-f510e94fea99.jpeg
undefined

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीमा १० वटा ट्राभल एजेन्सीका ३८४ जना तीर्थ यात्री सम्पर्कविहीन भएका छन् । 

नेपाल पर्यटन बोर्डले जारी गरेको स्थिति अद्यावधिक अनुसार सम्पर्कविहीन हुनेमा २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक रहेको जनाइएको छ ।


पर्यटन बोर्डले पर्यटक प्रहरी र अन्य सरोकारवाला निकायको सहयोगमा बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकको यकिन अवस्था र सुरक्षा स्थितिबारे जानकारी लिने र प्रमाणीकरण गर्ने कार्य जारी रहेको जनाएको छ ।


पर्यटन बोर्डले सार्वजनिक गरेको एजेन्सीगत विवरण अनुसार ट्रेकर्स सोसाइटीका ९२ जना (७७ विदेशी र १५ नेपाली), सम्राट टुर्स एन्ड ट्राभल्सका ७१ जना (५९ भारतीय र १२ नेपाली), र लीफ होलिडेका ५५ जना (४६ भारतीय र ९ नेपाली) सम्पर्कविहीन छन्।

त्यस्तैगरी, हिमालयन ग्लेशियरका ५२ जना (३७ गैर–आवासीय नेपाली र १५ नेपाली), कैलाश जर्नीका ३१ जना (२६ विदेशी र ५ नेपाली), र फिस्टेल टुर्स एन्ड ट्राभल्सका २७ जना (२० विदेशी जसमा तीन अमेरिकी र १७ मलेसियाली छन्, र सात जना नेपाली) को अवस्था अज्ञात छ ।

अल्पाइन इको ट्रेकका २० जना (१६ विदेशी जसमा १२ बेलायती र चार दक्षिण अफ्रिकी छन्, र चार नेपाली), काठमाडौँ होलिडे टुर्स एन्ड ट्राभल्सका १७ जना (दुई विदेशी) र १५ नेपाली), ऋचा टुर्स एन्ड ट्राभल्सका १२ जना (आठ विदेशी र चार नेपाली) तथा एक्सप्लोर भ्याकेसनका सात जना नेपाली पदयात्रीहरू पनि हालसम्म सम्पर्कमा आएका छैनन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार