सोमवार, आश्विन ५ गते २०८३

आज केही स्थानमा भारी वर्षाको सम्भावना

सोमवार , भाद्र ८, २०८३

काठमाडौं । देशका केही प्रदेशका एकदुई स्थानमा आज भारी वर्षाको सम्भावना छ । 

दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । 

विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । 

पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेसका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। 

कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । देशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
 
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले बताएको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार