काठमाडौँ । नेपाल वायु सेवा निगमका दुई जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार बिहान मलेसियाको राजधानी क्वालालम्पुरबाट काठमाडौं आएको जहाजमा सवार दुई जना कर्मचारीलाई प्रहरीले विदेशी मुद्रासहित नियन्त्रणमा लिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी राजकुमार सिलवालले निगमका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको पुष्टि गरे।
‘५ हजार डलरसम्म ल्याउन पाइने हो, लिमिटभन्दा बढी रकम देखिएकाले उहाँहरूलाई पक्राउ गरेका छौं। हामी थप विवरण बुझ्दैछौं। केहीबेरमा यसको विवरण दिन्छौं,’ उनले भने।
प्रहरीले ती दुवै कर्मचारीको परिचय खुलाएको छैन। उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीको भनाइ छ।