काठमाडौँ ।नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ।
बिहीबार तोलामा चार हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार ६ सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला तीन लाख एक हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।शुक्रबार तोलामा चार हजार ६ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार ७ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।