सोमवार, आश्विन ५ गते २०८३

आउने सोमबार देशभरीका विधुत महशुल काउन्टर बन्द

शनिवार , श्रावण ३०, २०८३

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा २०८३ भदौ १ गते प्राधिकरणका सम्पूर्ण महसुल संकलन काउन्टरहरू बन्द रहने भएका छन्।


प्राधिकरणले वार्षिकोत्सवका दिन अनलाइन माध्यमबाहेक सम्पूर्ण महसुल संकलन काउन्टर बन्द रहने जानकारी गराएको हो। त्यस दिन ग्राहकवर्गले विद्युत् महसुल भुक्तानीका लागि अनलाइन माध्यम प्रयोग गर्न सक्नेछन्।

महसुल संकलन काउन्टर बन्द रहने भएकाले ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरणले क्षमाप्रार्थी रहेको जनाएको छ।

प्राधिकरणले सम्बन्धित सम्पूर्ण ग्राहकवर्गलाई उक्त दिन काउन्टरबाट हुने महसुल भुक्तानी सेवा बन्द रहनेबारे जानकारी गराएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार