सोमवार, आश्विन ५ गते २०८३

सुनको मुल्यमा भारि गिरावट

शुक्रवार , श्रावण २९, २०८३

काठमाडौँ ।नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ। 

बिहीबार तोलामा पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।

बिहीबार सुन प्रतितोला तीन लाख ६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।बिहीबार तोलामा चार हजार सात सय ५० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार ६ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार