बुधवार, श्रावण २७ गते २०८३

थाइल्यान्डदेखि १८ किलो गाँजा बोकेर आएका दुई भारतीय नागरिक पक्राउ

बुधवार , श्रावण २७, २०८३

काठमाडौं । थाइल्यान्डदेखि १८ किलो गाँजा बोकेर आएका दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार छन् । उनीहरूलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो ।क्याथे प्यासिफिकको उडानमार्फत बैंककबाट हङकङ हुँदै उनीहरू काठमाडौं आएका थिए ।

पक्राउबाट बच्न उनीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार एरियामा लगेज छाड्ने र केही दिनपछि नेपाली एजेन्टमार्फत रिसिभ गर्ने योजना बनाएको पाइएको ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार