सोमवार, आश्विन ५ गते २०८३

आवश्यक परे अध्यादेश ल्याएरै सेयर बजारका समस्या सुल्झाउँछुः सेबोन अध्यक्ष डा. भट्ट

मंगलवार , श्रावण २६, २०८३

काठमाडौँ । लगातारको गिरावटसँगै नेप्से परिसूचक २,६५० को हाराहारीमा झरेको र बजार आफ्नै उच्च विन्दु (३,२२७) बाट करिब १८ प्रतिशतले ओर्लिएको पृष्ठभूमिमा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बजार सुधारका लागि ठोस कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

नेपाल सेयर बजार लगानीकर्ता सङ्घको प्रतिनिधिमण्डलसँग सोमबार भएको गम्भीर छलफलका क्रममा बोर्डका अध्यक्ष डा. गोपाल भट्टले लगानीकर्ताको हकहित संरक्षण र बजारको पारदर्शिता नै आफ्नो प्राथमिक जिम्मेवारी भएको बताए ।

उनले विद्यमान कानुनी जटिलता फुकाउन नयाँ धितोपत्र ऐन निर्माणमा ढिलाइ भए अध्यादेश ल्याएरै भए पनि पुराना समस्या समाधान गर्न आफू तयार रहेको स्पष्ट पारे ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार