आइतवार, श्रावण २४ गते २०८३

वितरक संघले मनायो रजत जयन्ती, पूर्व अध्यक्ष तथा पदाधिकाहरु सम्मानित

शनिवार , श्रावण २३, २०८३

काठमाडौं । नेपाल वितरक संघले रजत जयन्ती मनाएको छ । संघले २५ औं वर्ष वार्षिक साधारण सभा तथा रजत जयन्तीको अवसरमा पूर्व अध्यक्ष तथा पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

भक्तपुरको गठ्ठाघरमा आयोजित कार्यक्रममा विगतमा संघको स्थापना तथा सबलीकरण्मा गरेको विशिष्ट योगगदानको कदर गर्दै उनीहरुलाइ सम्मान गरिएको हो । 

कार्यक्रममा संघको संस्थापक अध्यक्ष गोपाल रिजालसहित पूर्व अध्यक्षहरु दुर्गाराज श्रेष्ठ, राजेन्द्र सिंखडा, न्हुच्छेनारायण मानन्धर लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका सहभागीहरुले उधारो कारोबार व्यवस्थापनको लागि असुली सम्बन्धी कानुन ल्याउन सरकारलाई दबाब दिनुपर्ने बताएका थिए । 

साथै, वितरक संघ लगायतका व्यवसायीले सामान ढुवानी गर्दा ट्राफिक प्रहरीले दुख तथा हैरानी दिने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

ट्राफिकको ज्यादती रोक्न व्यवसायीहरुले बागमती प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका थिए । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार