आइतवार, श्रावण २४ गते २०८३

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

बिहिवार , श्रावण २१, २०८३


काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । हिजो (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गरेको हो । 

साह आयल निगमको पूर्वनिमित्त कार्यकारी निर्देशक हुन् । उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्तिका लागि उत्कृष्ट तीनमा परेका थिए ।

साहसँगै प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव प्रतिस्पर्धामा थिए । यीमध्ये अनुभव र योग्यताका आधारमा साह नै बलिया उम्मेदवार भएका कारण मन्त्रिपरिषद्ले उनलाई नै नियुक्त गरेको हो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार