आइतवार, श्रावण २४ गते २०८३

सुनको मूल्यमा भारी वृद्धि, तोलाको तीन लाख नजिक

बिहिवार , श्रावण २१, २०८३

काठमाडौं ।  बिहीबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुन प्रतितोला आठ हजार रुपैयाँ र चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ५७० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार