आइतवार, श्रावण २४ गते २०८३

बढ्यो सुनचाँदीको भाउ

शुक्रवार , श्रावण १५, २०८३

काठमाडौँ ।नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ। 

बिहीबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा किनबेच भइरहेको छ।

बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।बिहीबार तोलामा चार हजार तीन सय १० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार तीन सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार