काठमाडौं। नेपाली कांग्रेसका युवा नेता गगन थापाले स्थानिय तह स्तरको अधिवेशनको तालिका सारेको प्रति आक्रोस व्यक्त गरेका छन्। उनले सामाजिक संजाल फेसबुकमा लेख्दै भनेका छन्, कति सजिलै सर्छ अधिवेशनको मिति! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन। कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा वस्नु नपर्ने,वेथितिको जिम्मा लिनै नपर्ने।
नेपाली कांग्रेसको क्रियाशिल सदस्यता विवादका कारण १३ जिल्लाको वडा अधिवेशन भएकै छैन, तर वडा अधिवेशन भैसकेको ६४ जिल्लाका स्थानिय तह स्तरको अधिवेशन शनिबारदेखी गर्ने तय गरेको छ।
उनले विधि र थितिमा चल्ने भन्दा पनि नेताको आदेश अनुसार चल्नुपरेको भन्दै पार्टी र नेताको आलोचना गरेका छन्। उनले अगाडी लेखेका छन्, बस नेताले आदेश दिए पुग्ने,कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने?सोचौं।