आइतवार, श्रावण १० गते २०८३

आज तीन संसदीय समितिको बैठक बस्दै

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौं। संघीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ । सो समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बोलाइएको छ । सो बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ । समितिको बैठक दिउँसो साढे २ बजे बोलाइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार