आइतवार, श्रावण १० गते २०८३

एसियन गेम्सः नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग भिड्ने

बिहिवार , श्रावण ७, २०८३

काठमाडौँ ।जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्समा नेपालको पुरुष क्रिकेट टोलीले समूह चरणमा टेस्ट टोली अफगानिस्तान र आयोजक जापानसँग खेल्ने भएको छ। 

आज भएको समूह चरणको ड्रमा नेपालले अफगानिस्तान र जापानसँग खेल्ने तय भएको हो। अर्को समूहमा हङकङ, मलेसिया र ओमान परेका छन्।

दुवै समूहका शीर्ष दुई दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्। क्वार्टरफाइनलमा पुग्ने अरु चार टोलीको टुंगो भने लागिसकेको छ। 

भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशलाई भने सिधा अन्तिम आठमा स्थान दिइएको थियो। अब समूह चरणबाट आउने चार टोलीसँग सिधा प्रवेश पाएका चार टोलीले भिड्नेछन्। 

यसअघि नेपालले छनोट जितेर एसियन गेम्समा प्रतिस्पर्धा ग र्ने पक्का भएको थियो। एसियन गेम्समा क्रिकेट २४ सेप्टेम्बरदेखि सुरु हुनेछ। क्रिकेटका खेल आइचीमा हुनेछन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार