सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ ।
पालको साथबाट आयोगको टोलीले घुसको रुपमा लिँदै गरेको पाँच लाख रुपैंया पनि नियन्त्रणमा लिएको छ ।
सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८।७९ को पूर्ण कर परीक्षण (फूल अडिट) गर्ने क्रममा उक्त रकम लिएको आयोगले जनाएको छ ।
अडिटका क्रममा कार्यालयले कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँसम्म दायित्व पर्ने जनाएको थियो। कम्पनीले थप कागजात पेस गर्दै जाँदा दोस्रो चरणमा थप ३० देखि ३५ लाख रुपैयाँसम्म कर दायित्व बढ्न सक्ने बताइएको थियो।