आइतवार, श्रावण २४ गते २०८३

सुर्खेतको गुर्भाकोटमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

सपम्ताबाट गुमीतर्फ आउँदै गरेको क।प्र। ०२००१ ख ०४९० नंम्बरको फोर्स गाडी पौने १२ बजे गुर्भाकोट नगरपालिका(१३ सेराघारीमा दुर्घटना भएको हो ।

घाइतेहरुको उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । केहीको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई सदरमुकाम वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल र अन्य अस्पतालमा पठाइएको छ ।

गाडीका चालकलाई प्रहरी चौकी गुमीले नियन्त्रणमा लिएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार