आइतवार, श्रावण २४ गते २०८३

सकारात्मक देखियो सेयर बजार,साढे ६ अर्ब नाघ्यो कारोबार

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । लगातार छैटौं कारोबार दिन सेयर बजार बढेको छ । मंगलबार बजार परिसूचक नेप्से ७.२५ अंक बढेको छ ।

यो वृद्धिपछि नेप्से २७२६ अंकमा कायम भएको छ । यो अंक जेठ २८ यताकै उच्च हो । गत साताको मंगलबार, बुधबार, बिहीबार, शुक्रबार पनि बजार बढेको थियो । हिजो सोमबार ४१.७० अंक बढेको थियो ।

आज १०३ कम्पनीको मूल्य बढ्दा १६२ को घटेको छ भने १२ को स्थिर रह्यो । आज बजार केही उतारचढावमा रह्यो । दिउँसो १२ ः ४९ बजे नेप्से २७५३ अंकसम्म पुगेको थियो ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६७ करोड रुपैयाँको भयो । समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । व्यापार सबैभन्दा धेरै २.८८ प्रतिशत बढ्यो । त्यस्तै अन्य १.२०, उत्पादन तथा प्रशोधन ०.६४, लगानी ०.४९ तथा बैंकिङ ०.०९ प्रतिशत बढे ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार