आइतवार, श्रावण २४ गते २०८३

बढ्यो सुनको भाउ

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । मंगलबार सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन सोमबार प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।


सोमबार प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएकोमा मंगलबार प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको हो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार