आइतवार, श्रावण २४ गते २०८३

शेयर बजार सुधारको माग गर्दै धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौँ । सेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालय घेरेका छन् । 

मंगलबार बिहान उनीहरू बोर्डको कार्यालय घेर्न पुगेका हुन् ।  सेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा मंगलबार बिहान लगानीकर्ताहरू ललितपुरको खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको केन्द्रीय कार्यालय पुगेका थिए ।

सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको थियो । मंगलबार पनि बजार सकारात्मक हुन सकेको छैन ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार