सोमवार, श्रावण २५ गते २०८३

सुुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ : गृहमन्त्री

आइतवार , आषाढ २८, २०८३

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी बसोबास गर्दै आएका सुकुमवासी परिवारसँगको छलफलमा उहाँले सुकुमवासीरभूमिहीन नागरिकका समस्या समाधानमा सरकारको प्रयास केन्द्रित भइरहेको बताए । 
 “तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो, यसलाई सरकारले गहनसँग बुझेको छ”, गृहमन्त्री गुरुङले भने “यहाँहरूले पनि सरकारलाई सहयोग गरे ।” सुकुमवासीरभूमिहीन समस्यालाई समाधान गर्ने सरकारको प्रयासमा कसैले पनि राजनीति गर्न नहुने उनको भनाइ छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार