आइतवार, श्रावण २४ गते २०८३

तनहुँमा झोलुंगे पुलबाट नदीमा हामफालेकी किशोरीको उद्धार

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । तनहुँको ब्यास नगरपालिका ३ बिसघरेस्थित झोलुंगे पुलबाट नदीमा हामफालेकी किशोरीको उद्दार भएको छ ।

१७ वर्षीया किशोरी बिहीबार राति साढे ८ बजेतिर पुलबाट नदीमा हामफालेकी थिइन् । उक्त सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट डीएसपी द्धारिका घिमिरेको कमाण्डमा खटिएको टोलीले ती किशोरीको उद्धार गरेको हो ।

प्रहरी र सेनाको टोलीले राति साढे १० बजेतिर ती किशोरीको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौलीमा पठाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार