आइतवार, श्रावण २४ गते २०८३

सुन–चाँदीको मूल्य बढ्यो

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौँ ।नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ।

बिहीबार तोलामा दुई हजार चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार सात सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।

बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।बिहीबार तोलामा चार हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच सय १० रूपैयाँमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया
सम्बन्धित समाचार