आइतवार, श्रावण २४ गते २०८३

सीता ग्यासको सिलिन्डर सिलप्याक अवस्थामा खाली भेटियो

बुधवार , आषाढ २४, २०८३

काठमाडौँ । ललितपुरस्थित एक होटेलमा आपूर्ति गरिएको सीता ग्यासको सिलिन्डर सिलप्याक अवस्थामै खाली भेटिएको छ ।  सोमबार होटेलले खरिद गरेका १२ वटा सिलिन्डरमध्ये एउटा सिलिन्डरमा ग्यास नभएको अवस्थामा फेला परेको हो । ।

होटेलका कर्मचारीहरूका अनुसार सोमबार १२ वटा सिलिन्डर ग्याँस झार्ने क्रममा एउटा सिलिन्डर अनौठो तरिकाले हलुका पाइएको थियो । बाहिरी सिल दुरुस्तै देखिए पनि भित्र ग्याँस नभएको पाइएपछि उनीहरूले तत्कालै आधिकारिक विक्रेता (डिलर) र उत्पादक कम्पनीलाई सम्पर्क गरी यसबारे जानकारी गराएका थिए ।  ‘हामीले ग्यास उचाल्दा नै हलुका पाएका थियौँ । त्यसपछि सिलप्याक ग्यासमा कसरी ग्यास छैन भनेर फोन गरेका थियौँ,’ होटेलका एक कर्मचारीले भने ।   होटेलले सिलप्याक भएकै अवस्थामा ग्यास नहुनुमा वितरण प्रणालीमाथि प्रश्न उठाएको छ । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार